ह्वावे, आसियान फाउन्डेसन र सीमइयोको आयोजनामा ’सीड्स फर द फ्युचर समिट–२०२३’
चीन । डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ ।
ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि’कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसियाप्यासिफिक’भन्ने नारालाई सार्थक बनाउन १९ एशिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरूले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा भाग लिएका छन् ।
नेपालका चार विजेताहरू कुल १९ देशहरूबाट ९१ सहभागीहरूसँग ’सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन् । यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्व–स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ ।
समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एशिया प्यासिफिकका अध्यक्ष साइमनलिनले भने, “ह्वावेले ’सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो वर्ष हो । हरेक वर्ष, हामी केही नयाँ, थप साझेदारहरू सामेल भयसँगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ,तथापि यसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तीकरण गरी तीन कुराहरू अपरिवर्तित छन् ।
शिखर सम्मेलनको मुख्य भागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू– आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशीपूर्वाधार, डिजिटल क्षमतानिर्माण, युवतीतथायुवा सशक्तीकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए ।
कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफलद्वारा समापन गरिएको थियो । कार्यक्रममा नेशनल युनिभर्सिटी अफसिङ्गापुरका विज्ञहरू, ह्वावे र ’सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलितप्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रकाभविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामागहिरो प्रकाश परेको थियो ।
यो प्रतिभा शिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुत अनुभवको विस्तार हो । त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमाअद्वितीय अनुभवप्राप्त गरेका थिए । आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?