गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन
शुक्रबार, ०५ असोज २०८०, ०८ : ५३
![गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन](https://npcdn.ratopati.com/media/news/khemraj-bhatta-mayalu_4Yt4xijIP8.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ ।
क्यान्सर रोगको उपचाररत गणतान्त्रिक योध्दा भट्टको बिहीबार निधन भएको हो । उनी काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए ।
२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।
रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत