युएसएआईडीबाट नेपाललाई २० लाख अमेरिकी डलर सहयोगको घोषणा

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रममा विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएसएआईडी प्रशासक सामन्था पावरले फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाल लगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गरेका छन् ।
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी थिए । साथै युएसएआईडीको डेमोक्रेसी डेलिभर्स इनिसिएटिभबाट सहयोगप्राप्त देशहरूको पहिलो समूहको नेतृत्वको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा युएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
लोकतान्त्रिक विकासका लागि युएसएआईडीको साझेदारी कार्यक्रममार्फत युएसएआईडीरनेपालले नेपालका लोकतान्त्रिक सुधारकर्ताहरूसँगको आफ्नो साझेदारीलाई प्रगाढ बनाउने र आधारभूत सुधारहरू अगाडि बढाउन समाजका सबै पक्षबाट सरोकारवालाहरूलाई भेला गर्ने उनीहरूको प्रयासमा सहयोग गर्ने उद्देश्यका लागि लचिलो, बहुवर्षीय आर्थिक सहायता उपलब्ध गराउन हालै ६९ लाख अमेरिकी डलर प्राप्त गरेको छ ।
युएसएआईडी र नेपालका कार्यवाहक निर्देशक केरेन वेल्चले भने, ‘स्थानीय सुशासनलाई बलियो बनाउन र आफ्ना नागरिकका लागि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयाससँग मेल खाने गरी अतिरिक्त स्रोतलाई लगानी गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला