काठमाडौँ । यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा पाकिस्तानले नेपाललाई १—० गोलले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको थियो । पाकिस्तानका लागि अली जाफरले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै पाकिस्तानले पहिलो खेलबाटै तीन अंक बटुलेको छ ।
प्रतिक्रिया