अरुण–३ जलविद्युत आयोजनाको अवरोध हटाउन इप्पानको माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अरुण–३ जलविद्युत आयोजनामा भएको अवरोधका हटाउन सरकारसँग माग गरेको छ ।
बिहीबार इप्पानका महासचिव बलराम खतिवडाले विज्ञप्ति जारी गर्दै संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने भन्दै चिन्तित बनाएको बताएका छन् ।
इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयले स्थानीयसँग मध्यस्थता वार्ता गरेर निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गरेको छ ।
इप्पानले भनेको छ,'विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा स्मरण गराउन चाहन्छौ । अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले द्रुत गतिमा कामअघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ