इन्चार्ज शर्मासमक्ष सिन्धुपाल्चोकवासीले के के गुनासाे राखे ?
बिहीबार, ०४ असोज २०८०, १७ : ४८

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्ला नगरपालिका र गाउँपालिकाका नेतृत्वहरूसँग छलफल गरेका छन् ।
शुक्रबार भएको छलफलमा अहिलेसम्म भएका गतिविधि र भावी योजनाको रिर्पोटबारे समीक्षा भएको नेता हिमाल शर्माले बताए ।
उनका अनुसार नेताहरू शहरकेन्द्रीत भएको, शान्ति प्रक्रियामा आएपछि जीवन शैली फेरिएको, जनतासँग टाढिएको, शहिद तथा बेपत्ता परिवारका सदस्यहरूको व्यवस्थापनलाई ध्यान नदिएको लगायतका गुनासाहरू आएको छ ।
पहिलो चरणको अभियान सकिएपछि समग्रमा गम्भीर समीक्षा गरी पार्टीलाई गति दिने गरी योजना बनाउने उनले बताए । छलफलमा शर्मासहित, बागमतीका अध्यक्ष सरल सहयात्री पौडेल, हिमाल शर्मा लगायत नेताहरू उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने