महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा
बिहीबार, ०४ असोज २०८०, १६ : ५२
![महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा](https://npcdn.ratopati.com/media/news/cricket_lSgAxMG9Lu.gif)
हाङझाओ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको महिला क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीका खेल वर्षाले प्रभावित भएसँगै वरीयताअनुसार उनीहरू सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
वर्षाले प्रभावित मलेसियाविरुद्धको क्वार्टरफाइनल खेलमा १५ ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । तर, मलेसियाले ब्याटिङ सुरु गर्ने बित्तिकै पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको थियो ।
पाकिस्तान र इन्डोनेसियाविरुद्धको खेलमा भने एक बल पनि फाल्न सकिएन । बंगलादेश र हङकबीचको विजेताले भारतसँग सेमिफाइनलमा भिड्नेछ । उता श्रीलङ्का र थाइल्याण्डबीचको विजेताले पाकिस्तानको सामना गर्नेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण