वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छः महानिरीक्षक कुँवर

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका हुन् । उनले सीमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताए ।
त्यस्तै प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यावसायिक ढङ्गले काम गरिरहेको उल्लेख गरे । उनले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पारे । महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताए । प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरूले पनि अवसर पाएको उनको भनाइ छ ।
महानिरीक्षक कुँवरले प्रहरी समक्ष आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताए । उनले वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले सबभन्दा बढी इस्यु भनेको आर्थिक क्षेत्रको इस्यु छ । वित्तीय समस्यासँग, सहकारीसँग र यसैसँग जोडिएका समस्याहरू छन् । करिब २५ प्रतिशत मुद्दाहरूले गर्दा हामीलाई समस्या आएको छ । हामीले भनिरहेका छौँ यसको लागि छुट्टै किसिमको वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छ भनेर पहल सुरु गरेका छौँ । यसका लागि राज्य गम्भीर बन्नुपर्छ ।’
त्यसैगरी बैठकमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डिजिटल कन्सेप्टका साथ सीमा सुरक्षा गर्न बजेट पर्याप्त भएमा सिमानाको सुरक्षा गर्न र राजश्व चुहावटलाई रोक्न सहज हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध