विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह

कास्की । पोखरा महानगरपालिकाले विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न शिक्षक महासंघलाई आग्रह गरेको छ ।
संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा होमिएपछि महानगरपालिकाले यस्तो आग्रह गरेको हो ।
शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकास लगायतका सवालमा राखेका कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेपनि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरू समेत अवरुद्ध हुनेगरि आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा बिद्यार्थीहरुको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकार भने हनन हुन पुगेको मेयर धनराज आचार्यले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बिद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पूर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सवैमा महानगरपालिका निर्देशन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको कार्यशैलीमा विश्वप्रकाशको ७ बुँदे असहमति
-
सिटामोल र जीवनजलको उत्पादन रोकियो
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ