पोलेको मकै किनेर खान आन्दोलनरत शिक्षक लाइनमा (फोटोफिचर)

काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा राखिएका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्दै देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् । बिहिबारदेखि उनीहरुले थालेको आन्दोलन शुक्रबार दोश्रो दिन सडक प्रर्दशन गरेका छन् ।
काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक ठप्प पारेका उनीहरुले विधेयकमा भएका प्रावधान शिक्षकमैत्री नबनाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । शुक्रबार आन्दोलनका क्रममा माइतीघर मण्डला, बबरमहल तथा बानेश्वर क्षेत्रका सडक छेउमा शिक्षकहरु फलफूल तथा पोलेको मकै खाएर भोक मेटिरहेका थिए ।
आन्दोलनमा धेरै शिक्षक सहभागी भएका कारण सडकमा मकै पोलेर बिक्री गर्नेहरुलाई भ्याई नभ्याई थियो । सामान्य अवस्थामा एउटा पोलेको मकैको ३५ देखि ४० रुपैयाँ लिने गरेकोमा उनीहरुले ५० रुपैयाँ लिइरहेका थिए । माइतीघर सडक खण्डमा मकै पोलेर बेच्न बसेकी सुस्मिता भुजेलले शुक्रबार ८० घोगा मकै पोलेर बिक्री गरेकी छिन् । शिक्षकहरु उनले मकै पोलिरहेको ठाउँमा मकै किन्न लाइन बसेका थिए ।
हेर्नुहोस् तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
-
स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा
-
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
-
सभामुखलाई भेटेर रवि लामिछानेद्वारा सांसद पद निलम्बन फुकुवा गर्न आग्रह
-
प्रकाशिएको वसन्त
-
पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा