नागोर्नो–काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप
बिहीबार, ०४ असोज २०८०, १५ : ०८

जेनेभा । आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त आरोप लगाउँदै अजरबैजानले जातीय सफाया गरेर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको हो ।
जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि आर्मेनियाका राजदूत एन्ड्रानिक होभानिस्यानले आफ्नो देशलाई पहिले नै नागोर्नो–काराबाख क्षेत्रमा जातीय सफायाको चेतावनी दिइएको बताउँदै उक्त क्षेत्रमा सामान्य द्वन्द्वमात्र नभएर मानवताविरुद्ध अपराध भएकाले त्यसैअनुरुप व्यवहार हुनुपर्ने माग गरेका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो