आरती साह मृत्यु प्रकरणका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौँ : सभापति साह

काठमाडौँ । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपी संलग्न रहेको देखिएको भन्दै उनीहरुमाथि कारबाही प्रक्रिया अघि नबढाए संसदभित्र छलफलको विषय बनाएर सांसदहरु गृह मन्त्रालय घेराउ गर्ने र संसद्को बेल घेराउ गर्न बाध्य हुने बताएका हुन् । उनले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताए ।
समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आरती साह मृत्यु प्रकरणका दोषी कोहीलाई पनि सरकारले नछोड्ने बताए । उनले अदालतले दोषी देखाए जो कोही पनि कारबाहीको दायरामा आउने बताए । उनले सरकारले अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । उनले प्रहरीले ज्यादती गरेको ठहरिए ती प्रहरीहरूको निलम्बन गर्न सरकार पछि नहट्ने पनि बताए ।
सहसचिव भट्टराईले पीडित पक्षहरुलाई घटनास्थलमै गएर अनुसन्धानमा सघाउन अनुरोध गर्दा नमानेकोप्रति दुःख व्यक्त गरे । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले उनका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?