राजनीति
कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा सुरु
बिहीबार, ०४ असोज २०८०, १४ : ३३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।
काँग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । यसैबीच बैठकअघि कांग्रेसले ८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
-
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही