चन्द्र भण्डारीसहित ८ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा चन्द्र भण्डारी (गुल्मी) सहित मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकअघि देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीतमध्ये भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौताका लागि तयार भयो रुस
-
मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू
-
वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए
-
टीआरसी अध्यक्षका लागि बारका निवर्तमान अध्यक्ष घिमिरे अनिच्छुक
-
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
-
‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’