अभ्यासका क्रममा घाइते भएपछि ललित राजवंशीले एसियाली खेलकुद गुमाउने

काठमाडौँ । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताअघि नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । एसियाली खेलकुद सुरु हुन एक साताभन्दा पनि कब समय बाँकी रहँदा ललित घाइते भएका हुन् ।
२४ वर्षीय बायाँ हाते स्पिनर ललित बुधबार अभ्यासका क्रममा घाइते भएका हुन् । उनको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ ।
ललितले अब एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले दोस्रो खेल अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले भने सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश पाएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय सफलताहरूमा ललितले महत्त्वपूर्ण योगदान पुर्याएका छन् । ललितले हालसम्म देशका लागि २० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको १९ पालीमा २८ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर पाँच विकेट हो ।
यसअघि प्रकाशित समाचारमा नेपालको खेल तालिका भुलवश गलत पर्न गएकाले सच्याइएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म