‘फुड डेलिभरी कम्पनी’ मा काम गर्ने भारतीय युवा यसरी जोडिए नेदरल्यान्ड्सको विश्वकप टोलीसँग
काठमाडौँ । भारतका लोकेश कुमार लामो समयदेखि चेन्नईस्थित एक ‘फुड डेलिभरी कम्पनी’ मा कार्यरत थिए । उनी सन् २०१८ देखि यो व्यवसायमा संलग्न थिए । दुई दिनअघिसम्म पनि उनी आफ्नो काममा व्यस्त थिए । तर, ४८ घण्टापछि नै उनी अप्रत्याशित रूपमा आईसीसी एकदिवसीय विश्वकपसँग जोडिन पुगेका छन् ।
आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । उक्त विश्वकपमा नेदरल्यान्ड्सले पनि सहभागिता जनाउँदै छ । नेदरल्यान्ड्सले २९ वर्षीय लोकेशलाई प्राविधिक सहयोगीको रूपमा विश्वकप टोलीमा समावेश गरेको छ ।
उनले ‘नेट बलर’ का रूपमा नेदरल्यान्ड्सको विश्वकप टोलीमा सहभागी हुने अवसर पाएका हुन् । खासमा नेदरल्यान्ड्सले आगामी विश्वकपका लागि चार जना प्राविधिक सहयोगी आवश्यक रहेको विज्ञापन सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो ।
सोही आधारमा लोकेशले पनि आवेदन दिएका थिए । उनले आफूले स्पिन बलिङ गरेको भिडियो पनि आवेदनसँगै पठाएका थिए । नेदरल्यान्ड्स क्रिकेट बोर्ड पनि विश्वकपका लागि आफ्ना ब्याट्सम्यानलाई स्पिन बलिङसँग अभ्यस्त गराउन चाहन्थ्यो ।
त्यसैले लोकेशको स्पिन बलिङको भिडियो हेरेपछि नेदरल्यान्ड्स क्रिकेट बोर्डले उनलाई विश्वकपका लागि आफ्नो प्राविधिक सहयोगीका रूपमा नियुक्त गर्ने निर्णय लियो । नेदरल्यान्ड्सले चार जना प्राविधिक सहयोगीका लागि आवेदन माग गरेको थियो ।
तर, त्यसका लागि भारतबाट मात्र करिब १० हजार बलरले आवेदन दिएका थिए । त्यसमध्येबाट लोकेश छनोट भएका हुन् । सुरुमा लोकेश बायाँ हाते तीव्र गतिका बलर थिए । त्यसपछि उनले आफ्नो बलिङ शैलीलाई परिवर्तन स्पिनर बनेका थिए ।
‘यो मेरो जीवनका महत्त्वपूर्ण क्षण हो । म अहिले पनि तमिलनाडुमा तेस्रो डिभिजनको लिग क्रिकेट खेल्छु । यो अवसरले मेरो खेल जीवनलाई अगाडि बढाउन थप मद्दत पुर्याउने छ,’ लोकेश भन्छन् । उनी बुधबारदेखि नेदरल्यान्ड्सको विश्वकप टोलीमा प्राविधिक सहयोगीका रूपमा जोडिएका छन् ।
‘नेदरल्यान्ड्सको टोलीका सदस्यहरूले पनि मलाई राम्रो स्वागत गरेका छन् । अब म पनि डच टोलीसँग जोडिन पुगेको छु,’ लोकेशले भनेका छन् । लोकेशसँगै भारतका हेमन्त कुमार, राजामनी प्रसाद र हर्ष शर्मा पनि नेदरल्यान्ड्सको टोलीसँग प्राविधिक सहयोगीका रूपमा जोडिएका छन् । हेमन्त र राजामनी बायाँ हाते तीव्र गतिका बलर हुन् । हर्ष भने बायाँ हाते अर्थोडक्स बलर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई