एलन मस्कले पाए मानव मस्तिष्कमा चिप राख्ने अनुमति

ट्विटर (एक्स), टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्कले मानव मस्तिष्कमा ‘कम्प्युटर चिप’ प्रत्यारोपण गर्ने स्वीकृति पाएका छन् ।
स्वीकृति पाएसँगै मस्कको ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) को स्टार्टअप न्युरालिङ्कले पहिलो मानव परीक्षणका लागि मानिसको खोजी सुरु गरेको छ ।
कम्पनीको लक्ष्य मानव मस्तिष्कलाई कम्प्युटरमा जडान गर्नु हो र यसले पक्षाघात भएका मानिससँग यसबारे परीक्षण गर्न चाहन्छ ।
यस्ता मानिसमाथि परीक्षण
यसका लागि यस्ता व्यक्तिको खोजी भइरहेको छ जो ‘सर्भाइकल स्पाइनल कोर्ड’ का कारण प्यारालाइसिस भइसकेको छ वा ‘एमायोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस) जस्ता रोगको चपेटामा आइसकेका छन् । यद्यपि, यो शोधमा कति जना बिरामीमाथि ट्रायल गरिनेछ भन्नेबारे कुनै जानकारी उपलब्ध छैन । यो शोध पूरा गर्न ६ वर्ष लाग्ने जानकारी दिइएको छ ।
कसरी हुनेछ अनुसन्धान
यो शोधमा एउटा रोबोटले शल्यक्रिया गरेर मानव मस्तिष्कमा एउटा ब्रेन कम्प्युटर इन्टरफेस (बीसीआई) लाई प्रत्यारोपण गर्नेछ । यसले चिप सार्ने, इन्टेन्सन रिसिभ (उद्देश्य प्राप्त) गर्ने र थप आदेशहरू दिने गर्दछ । त्यसपछि त्यो चिपसेटसँग मिल्दो डिभाइसले ती आदेशहरू प्राप्त गर्नेछन् र थप काम गर्नेछन् ।
न्युरालिङ्कका अनुसार सुरुवाती चरणमा उनीहरूको उद्देश्य कम्प्युटर कर्सर र किबोर्डलाई नियन्त्रण गर्नु हो । यो कन्ट्रोल कमान्ड सिधै दिमागमा फिट गरिएको चिपसेटबाट पाइनेछ । त्यसपछि कर्सर चल्न सुरु हुनेछ र किबोर्डबाट टाइपिङ हुनेछ । उदाहरणका लागि प्यारालाइसिसद्वारा पीडित मानिसको मस्तिष्कमा चिप राखेपछि सोचेकै भरमा पनि माउसको कर्सर चलाउन सकिनेछ ।
सिक्काको आकारको हुनसक्छ चिप
न्युरालिङ्कले एउटा डिभाइस बनाएको छ जुन सिक्काको आकारको हुनसक्छ । यो चिपलाई लिङ्क नाम दिइएको छ । यो डिभाइसले कम्प्युटर, मोबाइल फोन वा कुनै अन्य उपकरणलाई ब्रेन एक्टिभिटी (न्युरल इम्पल्स) मार्फत सिधै नियन्त्रणको क्षमता दिन्छ ।
१० जना मानिसको स्वीकृतिको माग
न्युरालिङ्कले सुरुमा १० जना मानिसमाथि ट्रायलको अनुमति पाउन सक्ने आशा गरेको थियो । यद्यपि, पछि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले सुरक्षाको विषयमा प्रश्न उठायो । त्यसपछि न्युरालिङ्कले कति जनामाथि ट्रायलको अनुमति पाएको छ भनेर स्पष्ट जानकारी प्राप्त छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै