भारतका पूर्वमन्त्रीको घरमा करोडौँको लुटपाट, तीन नेपाली पक्राउ

लुधियाना । भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन् । घटनामा डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीले जनाएको छ ।
शिरोमनी अकाली दलका पूर्वमन्त्री ८८ वर्षीय जगदीश सिंह ग्राचाको घरमा सोमबार लुटपाट भएको थियो । महाराजा रञ्जितसिंह नगरमा ग्राचासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए । उनको घरमा काम गर्ने एक नेपाली कामदार फरार रहेका थिए । उनलाई केही महिनाअघि मात्र काममा राखिएको थियो ।
लगत्तै लुधियाना प्रहरीले दिल्ली प्रहरीको सहयोगमा विशेष अपरेसन चलाएको थियो । लगत्तै फरार नेपाली कामदार करन बहादुरसहित तीन जना पक्राउ परेका थिए । प्रहरीले लुटेराहरूको साथबाट १ करोड बराबरको सुनको गहना, २।७६ लाख भारु पैसा, पाँचवटा ब्रान्डेड घडी, विभिन्न देशको सिक्का, मोती र सिल्भर गिलास बरामद गरेको छ ।
प्रहरी कम्स्निर मन्दीप सिंह सिद्धु अनुसार लुटेराहरू एक दुई दिनभित्रै भागेर नेपाल पुग्ने योजना बनाएका थिए । तर उनीहरूलाई दिल्लीमा लुकिरहेको स्थानबाट पक्राउ गर्न सफल भएको उनको भनाई छ ।
किला रायपुरबाट दुईपटक सांसद रहिसकेका ग्राचा सन् १९९७ देखि २००२ सम्म शिरोमनी अकाली दल–भाजपा सरकारमा क्याबिनेट मन्त्री रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ