च्याम्पियन्स लिगमा फर्केको आर्सनलको गोल वर्षा
बिहीबार, ०४ असोज २०८०, ०९ : ३०
एमिरेट्स । ६ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको प्रिमियर लिग क्लब आर्सनलले शानदार सुरुवात गरेको छ । बुधबार राति समूह बी अन्तरगतको खेलमा आर्सनलले पीएसभी आइन्टहोभनलाई ४–० गोलले हराएको हो ।
आक्रामक खेल प्रस्तुत गरेको टोलीले पहिलो हाफमा नै ३–० अग्रता बनइसकेको थियो । ८ औँ मिनेटमा बुकायो साकाले आर्सनललाई अग्रता दिलाए भने लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा ग्याब्रियल जिसुसले तेस्रो गोल थपे ।
दोस्रो हाफमा कप्तान मार्टिन ओडेगार्डले चौथो गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । समूह कै अन्य खेलमा सेभियाले लेन्ससँग १–१ को बराबरी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)