आज राष्ट्रसङ्घको ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने, भोलि चीन प्रस्थान
बिहीबार, ०४ असोज २०८०, ०८ : ४५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्नेछन् ।
यसअघि प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न मित्रराष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दालाई केन्द्रमा राखेर छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट ५ असोजमा चीन प्रस्थान गर्ने र १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का