मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेता गौरवले श्रेणीसँग गरे इन्गेजमेन्ट

बुधबार, ०३ असोज २०८०, २१ : १६
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । अभिनेता गौरव पहारीले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका छन् । गौरव र श्रेणीको बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट भएको हो ।

समारोहमा दुबै तर्फका परिवार, निकट साथी र केही फिल्मकर्मीको समेत उपस्थिति रहेको थियो । इन्गेजमेन्टमा दुबैले औंठी साटासाट समेत गरेका थिए ।

उनीहरुको विवाह आगामी मंसिरमा हुनेछ । तीन वर्षदेखिको प्रेम सम्बन्धलाई दुबैले पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् । कलाकार टीका पहारीका छोरा गौरवले थुप्रै फिल्ममा अभिनय गरेका छन् ।

‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका उनका ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत फिल्म आएका छन् ।  म्युजिक भिडियोमा पनि उनी समय समयमा देखिने गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप