इजरायली सेनाको कारबाहीमा ६ प्यालेस्टाइनीको मृत्यु
बुधबार, ०३ असोज २०८०, २० : ३३

गाजा । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक र गाजा पट्टीमा छ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।
जेनिन शरणार्थी शिविरमा मंगलबार रातिको गरिएको सैन्य आक्रमणमा मारिएका चारमध्ये तीन जनाको अन्त्येष्टि गरिएको छ । यससमा ३० जना घाइते भएका छन् ।
बुधबार बिहान जेरिकोमा इजरायली सेनाको आक्रमणको क्रममा अर्का एक युवा प्यालेस्टाइनीको मृत्यु भएको थियो । मङ्गलबार साँझ गाजा(इजरायल सीमा नजिकै भएको हिंसात्मक प्रदर्शनका क्रममा छैटौँ प्यालेस्टाइनीको मृत्यु भएको थियो।
प्यालेस्टिनी विद्रोहीहरूको गढ रहेको जेनिन क्याम्पमा मंगलबार राति भीषण लडाइँ भएको थियो । त्यहाँ इजरायली सेनाले गत जुलाईमा वर्षौँपछि सबैभन्दा ठुलो अपरेसन गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार