बालेन शाहले भने-विद्यालय शिक्षा विधेयक ल्याउनु संविधान विपरीत

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहले संघीय सरकारले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शाहले संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गर्नुका साटो विद्यालय शिक्षा विधेयक ल्याएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन’ उनले लेखेका छन् ।
स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराए ।
यतिभन्दा पनि शिक्षकहरूले विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । यस्तो अवरोध गरेको खण्डमा कानुन अनुसार कारबाही गरिने चेतावनी दिए ।
उनले शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताए । काठमाडौँ महानगरमा २ लाख ५० हजार विद्यार्थी तथा १० हजारभन्दा बढी शिक्षक रहेको बताए ।
आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको बताए । काठमाडौँ शिक्षा नीति र जुम्लाको शिक्षा नीति र आवश्यकता फरक फरक हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग