क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य
काठमाडौँ । नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ ।
अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा उभ्याउनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुती भ्यानकुभर सहरको 'दी भोग थिएटर' मा हुनेछ । यी दुवै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुने नेपथ्यले जनाएको छ । अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ ।
क्यानाडाको कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।
क्यानाडाका तीनवटै सहरहरुमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरु हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्