‘देशमा अब नयाँ खालको सङ्घर्ष जरुरी छ’
सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधवार एक कार्यक्रम गर्दै संविधान दिवस मनाएको छ । वीरेन्द्रनगरमा आयोजित विशेष समारोहमा बोल्दै मुख्यमन्त्री राजकुमार शर्माले संविधान कुनै धर्मग्रन्थ नभएको बताए । उनले देशमा अब प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको महसुस भएको सो क्रममा बताए ।
वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै शर्माले यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।
साथै उनले संविधान कार्यान्वयन हुँदै जाँदा अपुगताहरू धेरै रहेको पनि बताए । ‘अब नयाँ खालको सङ्घर्षको जरुरी छ, वर्तमान संवैधानिक अङ्गहरू असन्तुलन, प्रतिनिधि सभा विघटन लगायतका कारणहरू छन्,’ शर्माले भने,‘ संविधान धर्मग्रन्थ होइन । प्राप्त संविधान, धर्मनिरपेक्षता, समावेशिता र दर्जनौँ मौलिक हक अधिकारलाई थप सुदृढीकरणको लागि एकताबद्ध हुन आवश्यक छ ।’
साथै शर्माले संविधानले निदृष्ट गरेको समानता, समृद्धि, सामाजिक न्याय, समाजवाद उन्मुख आर्थिक, सामाजिक प्रणाली सुनिश्चित गर्ने दायित्वमा अघि बढ्न पर्ने जिम्मेवारी रहेको पनि बताए ।
कर्णाली प्रदेशमा प्रचुर सम्भावना रहेको भन्दै शर्माले भने,‘ प्राकृतिक स्रोत, साधन, जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिसहित प्रयोग र परिचालन गरेर मात्र प्रदेशको विकास उन्नतिमा लाग्नुको विकल्प छैन ।’
प्रदेश प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताए । आत्मनिर्भर अर्थतन्त्र विकासमा मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि भ्रष्टाचार उन्मुलन अभियान र आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ