वामपन्थी सरकारले शक्तिको दुरुपयोग गर्दा संविधान कार्यान्वयनमा समस्या : खनाल

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खानलले दुई तिहाइ मत प्राप्त वामपन्थी सरकारले शक्तिको नराम्रो दुरुपयोग गरेपछि मुलुक अस्थिरताको दुष्चक्रमा फसेको आरोप लगाएका छन् ।
बुधबार संविधान दिवसको अवसरमा भिडियो सन्देश दिँदै उनले अस्थिरताको दुष्चक्रबाट अझैसम्म मुक्त हुन नसक्दा संविधान कार्यान्वयनमा समस्या आएको जिकिर गरे । संविधान जारी भएको ८ वर्ष पुरा भइसक्दासमेत त्यसबमोजिम नीति, योजना, कार्यक्रम र बजेट ठिक ढंगले लागु गर्न राजनीतिक दल र नेतृत्व असफल भएको उनले आरोप लगाए ।
‘संविधान बनेपश्चात् भएको पहिलो निर्वाचनमा वामपन्थीले २ तिहाइ बहुमत प्राप्त गरेको थियो । त्यो दुई तिहाइ बहुमत वास्तवमा ठुलो शक्तिमा रहेको थियो’, उनले भने, ‘त्यसको नराम्रो दुरुपयोग भएपछि अस्थिरताको दुष्चक्रमा मुलुक फस्यो । त्यो अस्थिरताबाट अझैसम्म मुक्त हुन सकेको छैन ।’
अस्थिरताबाट जोगाउनका लागि संविधान बमोजिम भूमिसुधार गरी कृषि क्रान्तिलाई अगाडि बढाउन पर्ने उनले बताए । यस्तै अजिंगरले बेरेजस्तै देशलाई चारैतिरबाट भ्रष्टाचारले बेरेको भन्दै भ्रष्टाचारबाट मुक्त गर्न सबै दलहरूले गम्भीर समीक्षा गर्न आवश्यक रहेको खनालको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा