काठमाडौँ मोडेलले पायो उत्कृष्ट कलेजको अवार्ड

काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल कलेज (केएमसी) ले उत्कृष्ट कलेजको अवार्ड पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी कलेजहरूमध्ये केएमसीलाई सर्वोत्कृष्ट कलेजको अवार्ड प्रदान गरेको हो ।
राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्मान गरेका हुन् । उसले २ लाख ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाएको हो ।
विगत २० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको केएमसीले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै सरकारले सम्मान गरेको हो ।
कलेज प्रमुख सुरेन्द्र सुवेदीले नेपालभरका निजी कलेजहरूमध्येबाट सर्वोत्कृष्ट कलेजका रूपमा पुरस्कृत एवं सम्मानित भएको खुसी व्यक्त गरे ।
विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आभारमा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी कलेजहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्ट भएको हो ।
त्यस्तै आङ्गिक तर्फ ललितपुरमा रहेको पुल्चोक क्याम्पस र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस उत्कृष्ट भएका हुन् । उनीहरू सबैले नगद २ लाख ५० हजारका दरले पुरस्कार पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का
-
शिक्षकहरू काठमाडौँको सडकमा, गाउँघरतिर शैक्षिक गतिविधि ठप्प