उपाध्यक्ष पोखरेलको उपस्थितिमा एमालेले जानकी मन्दिरमा मनायो संविधान दिवस
बुधबार, ०३ असोज २०८०, १२ : ००

जनकपुरधाम । नेकपा एमालेका नेताहरूले जनकपुरको जानकी मन्दिरमा संविधान दिवस मनाएका छन् । एमाले नेताहरूले उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराईको उपस्थितिमा जनकपुरस्थित विश्व प्रसिद्ध जानकी मन्दिरमा संविधान दिवस मनाएका हुन् ।
दिवसको अवसरमा उनीहरुले जानकी मन्दिरको सरसफाइ तथा वृक्षारोपण गरेका छन् । कार्यक्रममा पोखरेल र भट्टराईसहित सहभागी नेताहरूले राष्ट्रिय झन्डासँग सेल्फी समेत लिए ।
कुनै बेला अधिकारको लागि आन्दोलन गर्ने मधेसीहरूको हत्या गर्न लगाई संविधान जारी गरिएको भन्दै एमाले नेताहरूलाई जनकपुरधामसहित मधेस प्रदेशमा प्रवेश गर्न बन्देज लगाइएको थियो ।
एमाले उपाध्यक्ष पोखरेलले वर्तमान संविधान उत्कृष्ट रहेकोले सबै नेपाली जनताले गर्व गर्नुपर्ने बताए । उनले भने,–‘जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ ।’