काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ। राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् ।
राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारीसाधन आवागमन प्रभावित बनेको हो ।
आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।
महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
तस्बिरहरु : सुवास श्रेष्ठ
प्रतिक्रिया