वीर अस्पतालमा हप्ताको ३ दिन मृगौला प्रत्यारोपण हुने
बुधबार, ०३ असोज २०८०, १० : ४३

काठमाडौँ । वीर अस्पतालले हप्ताको तीन दिन यूरोलोजी ओपीडी सञ्चालनमा ल्याएको जनाएको छ । १ असोजदेखि प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।
साथै प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सञ्चालन गरिएको डा.पौडेलले बताए ।
यस्तै, सो अस्पतालमा मृगौला प्रत्यारोपण हप्ताको ३ दिन गर्ने उनले सुनाए । १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने निर्देशक डा.पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच जलविद्युत् जलविद्युत् आयोजनासँग ३१ बुँदे माग
-
‘समस्या वयस्कले सिर्जना गर्ने, समाधान बालबालिकाबाट खोज्ने !
-
नेपाली चेस टोली श्रीलंका प्रस्थान
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
अमेरिकी अर्थतन्त्र सङ्क्रमणकालीन अवस्थामा छ : ट्रम्प
-
जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकद्वारा आत्मदाहको प्रयास