क्यानडाले भारतका लागि जारी गर्यो नयाँ ट्राभल एड्भाइजरी

क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उसले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको छ ।
क्यानेडेली सरकारले आफ्ना नागरिकलाई ‘अभूतपूर्व सुरक्षा अवस्थाका कारण’ केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।
मङ्गलवार जारी गरिएको यो एड्भाइजरीमा भनिएको छ, ‘ जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ । यसमा लद्दाखको यात्रा समावेश छैन ।’
यसका साथै भारतको उत्तर–पूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि नागरिकलाई आग्रह गरिएको छ । पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरिएको छ ।
क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी गरिएको हो ।
सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशङ्का व्यक्त गरे । यसका साथै, क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।
"Avoid all travel to the Union Territory of Jammu and Kashmir due to the unpredictable security situation. There is a threat of terrorism, militancy, civil unrest and kidnapping. This advisory excludes travelling to or within the Union Territory of Ladakh," says Canada in its… pic.twitter.com/AxV7aZ18q3
— ANI (@ANI) September 19, 2023
त्यसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो र उनलाई भारत छोड्न पाँच दिनको समय दिएको थियो ।
भारत सरकारले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई निराधार बताएको छ ।
आफ्नो देशको संसद्मा भारतलाई आरोप लगाउने ट्रूडोले मङ्गलवार अर्को बयान दिए ।
उनले भने, ‘सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आशङ्का व्यक्त गर्नुको पछाडि क्यानडाको नियत भारतलाई उक्साउने नभई भारतले यो विषयलाई राम्ररी सम्हालोस् भन्ने क्यानडाको चाहना हो । ’
‘भारत सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्छ । हामीले यही गरिरहेका छौँ । हामी कसैलाई उक्साउन वा मुद्दा तान्न चाहँदैनौँ । यो अत्यन्तै गम्भीर छ र अन्तर्राष्ट्रिय कानुनमा यसको दूरगामी परिणाम हुनेछ, हामी शान्त रहनेछौँ । हामी हाम्रो लोकतान्त्रिक सिद्धान्त र मूल्य मान्यतामा अडिग रहनेछौँ । हामी प्रमाणको पालना गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू