फेलिक्स चम्किँदा बार्सिलोनाको गोल वर्षा
![फेलिक्स चम्किँदा बार्सिलोनाको गोल वर्षा](https://npcdn.ratopati.com/media/news/joao-felix-gol2_ocWMW8vPI6.jpg)
क्याम्प नाउ । जोआओ फेलिक्सले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गर्दा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोयल एन्ट्रपमाथि सहज जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो ।
खेलको २३ मिनेट भित्र नै बार्सिलोनाले ३–० को अग्रता बनाइसकेको थियो । ११ औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १९ औँ मिनेटमा उनले रोबर्ट लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरे । च्याम्पियन्स लिगमा लेवान्डोस्कीको ९२ औँ गोल थियो । लगत्तै जेले बाटिलेले आत्मघाती गोल गरेका थिए ।
दोस्रो हाफमा लेवान्डोस्कीले गाभीका लागि गोलको अवसर सिर्जना गरे । ६६ औँ मिनेटमा फेलेक्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।
गत सिजन बेल्जियन लिग जित्दै पहिलोपटक च्याम्पियन्स लिग खेलेको एन्ट्रप बार्सिलोनाको आक्रामक खेलसामु निरिह बनेको थियो । समूह एचकै अन्य खेलमा पोर्टोले शाख्तार डोनेस्कलाई ३–१ ले हरायो । पोर्टो र बार्साको समान ३ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन, तस्बिरहरू
-
आगलागीपछि खानेपानी मन्त्रीले बनाए अस्थायी कार्यकक्ष
-
सुर्तीजन्य उद्योगलाई नयाँ निर्देशिका, स्वदेशीलाई विभेद गरिएको उद्योगीको गुनासो
-
केबलकार निर्माण विवाद : वार्ता भाँडियो, अर्को चरणको आन्दोलनको तयारी
-
सीके राउतले औँल्याए नयाँ वैकल्पिक शक्तिका चुनौती
-
अमेरिकाबाट सञ्चालित परियोजनाको लागत खोज्दै सरकार