विभिन्न शक्तिहरू संविधानविरुद्ध लागिपरेका छन् : माधव नेपाल
![विभिन्न शक्तिहरू संविधानविरुद्ध लागिपरेका छन् : माधव नेपाल](https://npcdn.ratopati.com/media/news/madhav-nepal_Mk6TmwrUAz.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नयाँ संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अहिले पनि अनेक खाले शक्तिहरू दृश्य वा अदृश्य रूपमा संविधान विरुद्ध लागिरहेको ले सतर्क रहनुपर्ने बताए ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो, उनले सन्देशमा भनेका छन् ।
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको नेपालले बताए । जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्दै समाजवाद स्थापना गर्न सकिने नेपालको विश्वास रहेको छ ।
नेपालले सन्देशमा भनेका छ- संविधानद्वारा प्रत्याभूत गरिएका नागरिकका मौलिक हकहरुको कार्यान्वयन एवम् संविधानकै आधारमा जनतामा जागृत समृद्धिको जनचाहना पुरा गर्न हाम्रो पार्टी प्रतिबद्ध छ र हामी यसमा निष्ठापूर्वक लागिरहने छौ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु