कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक रेस्टुरेन्टमा छुट
मङ्गलबार, ०२ असोज २०८०, २० : ४४

काठमाडौँ । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंगलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
-
युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना