नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताएकी छन् ।
मंगलवार मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो सकारात्मक कदम भएको बताइन् ।
मन्त्री शर्माले व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभूति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने बताइन् । उनले यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो कि के हो भन्ने प्रश्न उठेको पनि बताइन् ।
मन्त्री शर्माले समाजवादमा पुग्नका निमित्त शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु निःशुल्क र गुणस्तरीय बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?