राष्ट्रिय बास्केटबल लिगको तयारी अन्तिम चरणमा
काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुँदैछ ।
राष्ट्रिय बास्केटबल लिग नेपाल बास्केटबल संघअन्तर्गत नेपालको शीर्ष स्तरको लिग हो । लिगमा आठवटा क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय बास्केटबल लिगमा विशाल मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेसनल कलेज र हाउन्ड्स एकेडेमीको सहभागिता रहने छ ।
यसैगरी रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले पनि प्रतियोगितामा सभागीगता जनाउने छन् । लिगका खेलहरू एकल राउण्ड रोविन ढाँचामा खेलाइने छ ।
लिगको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रत्येक सहभागी क्लबले तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको मोस्ट भ्यालुएबल प्लेयरले तीन हजार र समग्र लिगको उत्कृष्ट एक खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय बास्केटबल लिगलाई प्रवर्द्धकको रूपमा समर्थन गरिरहेको छ । राखेपकै सहयोगमा लिगका लागि कभर्डहलको कोर्टको मर्मत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता