नेपालमा होन्डा एलिभेटको घोषणा, कुन भेरियन्टको मूल्य कति ?

काठमाडौँ । नेपालमा होन्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मंगलबार ललितपुरको धोविघाटस्थित होन्डा शोरुममा होन्डा एलिभेट आगमनको घोषणा गरेको छ । जसले अटोमोबाइलको दुनियाँमा एउटा उल्लेखनीय अध्याय थपिएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
होन्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र थप रु. ७५,००० छुट साथै निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको छ ।
होन्डा एलिभेटमा यसको विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरूद्वारा हाइलाइट गरिएको डिजाइन छ, जसले गर्दा यो सडकमा फरक देखिन्छ ।
भित्री रुपमा यसमा खैरो र कालो रंग गरी दुई–टोनको विलासीता झल्किन्छ । भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्छ भने विशाल पछाडिको केबिनले यात्रुहरूको लागि पर्याप्त सुविधायुक्त बस्ने ठाउँ प्रदान गर्दछ ।
१.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध, होन्डा एलिभेट एसभीएमटीको मूल्य रु. ५६,३५,००० रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ । होन्डा एलिभेटको विभिन्न भेरियन्टको मूल्य यस प्रकार छः–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की