बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बुवाका अधुरा कार्य सामाजिक र कानुनी हिसाबले पुरा गर्ने प्रयास गर्छु : सुहाङ नेम्वाङ

मङ्गलबार, ०२ असोज २०८०, १७ : ३०
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुवाले अधुरो छोडेका कामहरुलाई आफूले सामाजिक र कानुनी हिसाबले पुरा गर्नतर्फ लाग्ने बताएका छन् । 

सोमबार इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बुबाले अधुरो छाडेको काम आफूले सामाजिक र कानुनको क्षेत्रबाट पूरा गर्न पहल गर्ने बताएका हुन् ।

‘बुवाले अधुरो छोडेका कार्यहरु पुरा गर्नुपर्ने कार्यहरुमा म सामाजिक र कानुनी कुन हिसाबले अगाडि बढ्न सकिन्छ हजुरहरुसँग हातेमालो गरेर अगाडि बढौ भनेर म निवेदन गर्न चाहान्छु’, सुहाङको भनाइ छ । पछिल्ला दिनमा राजनीति बिग्रँदै गएको र जनता निराश भएकोमा सुवास नेम्वाङ चिन्तित हुँदै गएको आफूले पाएको पनि उनको भनाइ छ । 

सुहाङले आफू राजनीतिक परिवारमा जन्मे हुर्केपनि त्यस्तो परिवारमा हुर्कँदैमा उसैले अवसर पाउनुपर्छ भन्ने आफूले नठानेको पनि बताए । 

‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन’, सुहाङले भने । तरपनि राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएको कार्यहरु, पूरा गर्नुपर्ने कार्यहरुमा कसरी अगाडि बढाउन सकिन्छ भनेर हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए । उनले यदि आफू अघि बढे देश र इलामवासीको शिर निहुरिन नदिने समेत प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप