समूहको बैठकमा विश्वप्रकाशबारे धनराजले भने– दाम्लोले बाँधेर ल्याउनुहुँदैन, दाम्लो चुँडाएर भाग्छन्
काठमाडौँ । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् । समूहको बैठकमा आउन शेखर कोइरालाले फोन गरेर महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा निर्वाचन लडेका नेता प्रदीप पौडेललाई समेत आमन्त्रण गरेका थिए । कोइरालाले फोन गर्दा दुवै नेताले सकारात्मक जवाफ दिएपनि प्रदीप चीन गएकाले बैठकमा आएनन् भने विश्वप्रका शर्माले आफू नआउने सन्देश पठाएका थिए ।
शेखर कोइरालाको सचिवालयमा बसेको इतर पक्षका नेताहरूको बैठकमाउनीहरुप्रति लक्षित गर्दै गुरुङले भने,‘दाम्लोले बाँधेर ल्याउने काम गर्नुहुँदैन । ल्याएपनि उनीहरू दाम्लो चुँडालेर भागिहाल्छन् । आउने साथीहरू आफैँ आउँछन् । हामीले कसैलाई तानेर ल्याउने कुरामा लाग्नुहुँदैन ।’ संस्थापन पक्षका केही नेताहरू आफ्नो सम्पर्कमा रहेको पनि गुरुङको भनाइ छ ।
समूहमा नयाँ मान्छे जोड्ने कुरासँग जिम्मेवारी दिने कुरामा लड्नुपर्ने उनले बताए । 'महिला संघ तरुण दलमा हाम्रा मान्छेलाई रोक्ने काम भयो । हाम्रो भित्रैबाट पनि भयो । विभागमा पनि हामीलाई आफ्नो पोजिसन क्लियर पार्नुपर्छ ,'उनले भने ।
कानुनमन्त्री समेत रहेका गुरुङले सरकारबारे ब्रिफिङ सुनाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुशासनका पक्षमा उभिन आफूले निरन्तर दबाब दिइरहेको उनले बताए । कानुनमन्त्री गुरुङले न्यायाधीश नियुक्तिको प्रशंसा भएको बताए ।
उनले भने,'१५ वर्षपछि सही मान्छेलाई न्यायाधीश नियुक्त गरिएको भनेर प्रशंसा भएको छ । न्यायाधीशलाई पेन्सनको व्यवस्था गर्ने कुरा पनि भएको छ। '
पार्टी सभापति शेरबहादुर देउवाले काम कारबाहीमा हस्तक्षेप गरिरहेको पनि उनले बताए । उनले भने, 'न्यायाधीश नियुक्तिमा सभापतिजीले फोन गरेर यो मान्छे राम्रो छ भन्नुहुन्थ्यो । तर मैले हुन्छ भनेपनि सबै हेरर मात्र काम गरेको छु।'
सरकार सञ्चालनमा पार्टी मान्छे पर्छन् भनेर कांग्रेसबाटै खुट्टा तान्ने काम भएको उनको गुनासो छ । 'हामीले यो सरकारलाई काम गरेन भन्नू भएन । काम गर्नु दिनुपर्छ', उनले भने,'भुटानी शरणार्थी प्रकरणमा वेचन झालाई पक्राउ गर्न सकिएको भए धेरै कुराको पर्दाफास हुने थियो । तर, उनलाई पक्राउ गर्न दिइएन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
-
कम्बोडियामा हुने आईक्याप सभामा भाग लिन माओवादी प्रतिनिधिहरू किन गएनन् ?
-
एमाले जग्गा विवाद : पाँचौँ पटक सुनुवाइ सर्यो, आज पनि हेर्न नभ्याइने हुँदै स्थगित
-
नेतन्याहुको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेपछि रिसायो अमेरिका
-
सौर्यमन्डल बाहिर भेटियो शिशु ग्रह
-
एमालेको र्याली सभामा परिणत, २५ तस्बिरमा हेर्नुहोस्