लघुकथा : तिज
‘ल है बैनी यसपालिको तिजमा हामी सँगै रमाइलो गर्न जानुपर्छ,’ हाम्रो घरमा कोठाभाडा लिएर बस्ने नयाँ बहिनीलाई भनेँ ।
‘हुन त हुन्थ्यो तर हाम्रो त एक जनाको कमाई के गर्नु दिदी । सहरको तिज महँगो हुन्छ । सकिएछ भने अर्को तिजमा जाउँला,’ उसले भनी ।
‘हैन, हामी पनि उस्तै त हो नि भड्किलो हुन दिने हैन । म अचार बनाउँछु । टोलका दिदी बहिनी मिलेर पैसा उठाएर मासु किन्ने र घरबाट नै पकाएर लैजाने हो । भात त घरमा नै खाइन्छ नि । मासु चिउराको खाजा खाएर नाचगान गरेर फर्कने हो । तिजको रमाइलो मात्र हो,’ मैले सधैँ हुने गरेको हाम्रो टोलको मितव्ययी तिजको बारेमा बताएँ ।
उसले एकछिन घोरिएर भनी, ‘आहा कस्तो राम्रो रहेछ । तर, पनि दिदी म अर्को पटक जान्छु ।’
उसको कुराले म अचम्म परेँ । ‘के भयो र तिजको रमाइलो त हो,’ मैले अझै जोड गरिरहेँ ।
‘अरू कपडा के लगाउनु । आफ्नो त सारी पनि छैन,’ उसले आफ्नो समस्या देखाइ ।
‘कस्तो होला बैनी पनि । अरू ठाउँजस्तो सबैले एउटै किसिमको, एकै कलरको सारी लगाएर आउने भने ढर्रा छैन । नयाँ, पुरानो आफूसँग जस्तो छ त्यही लगाए पनि हुन्छ । बिहेको सारी छैन ? त्यही लगाए पनि हुन्छ नि,’ मैले भने ।
उसले मुसुमुसु हाँस्दै भनी, ‘विवाह गरेको भए पो सारी हुनु दिदी । सिधै भागेर आएका हौँ हामी त ।’
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले जित्यो मिसेस हेरिटेजको ताज
-
वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक : मन्त्री दाहाल
-
अन्डर वर्ल्डको एजेन्ट हुँ भनेर धम्की दिएको आरोपमा चिकित्सक पक्राउ
-
मध्यपश्चिम विश्वविद्यालयका सबै प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग
-
‘लुट्न सके लुट कान्छा’ शैलीमा सल्लाघारीको ४ रोपनी सरकारी जग्गा ७५ लाखमा !
-
दुर्गा प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा