शेखर समूहको बैठकमा नजाने सङ्केत गर्दै शर्माले भने – महामन्त्रीको जिम्मेवारीप्रति सजग छु

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको महासमिति बैठकबाट पार्टीको नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय भएको बताएका छन् । नेता शेखर कोइराला समूहको बैठकमा सहभागी नहुने सङ्केत गर्दै शर्माले त्यसका लागि महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग रहेको बताए ।
कांग्रेस कस्तो बन्ने र कांग्रेस मा को बन्ने भन्दा समाजमा असन्तुष्टिको निरूपण गर्नुपर्ने उनको भनाइ छ । समाजमा असन्तुष्टि किन छ ? हामी त्यसमा कति दोषी छौँ ? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ ? महासमितिमार्फत यी प्रश्नको निरूपणले देशलाई मार्ग दिन्छ र काँग्रेसलाई पनि,’ उनले लेखेका छन् ।
पार्टी पङ्क्तिमा ऊर्जा, नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास, ०८२ मा महाधिवेशन सुनिश्चितता गर्नतिर बहस केन्द्रित आवश्यक रहेको शर्माले बताए ।
‘समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री । काँग्रेसमा विचार समूहहरू र सिङ्गो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नेछ,’ उनले भने ।
दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक भएको भन्दै यो अभ्यासलाई हार्दिक ढङ्गले लिइनुपर्ने पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]