सिटिजन्स बैंकद्वारा ५.७९ प्रतिशत लाभांश स्वीकृत
मङ्गलबार, ०२ असोज २०८०, १० : ३३

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनले आर्थिक वर्ष २०७९र८० का लागि ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । भदौ ३१ गते बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । जसअनुसार वितरणयोग्य मुनाफाबाट आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६ को ५.७९ प्रतिशतले हुने रु. ८२,२१,६१,६५२.९६ नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजारलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?