राष्ट्रकवि घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उनकी धर्मपत्नी महाकाली घिमिरेले रु १६ लाखको अक्षयकोष स्थापना गरेकी हुन् । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा राष्ट्रकविको सुपुत्रद्वय इन्दिवर र राजीव घिमिरे तथा प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्रीकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मण थापा र सदस्य यामबहादुर दुरालगायतको सहभागिता रहेको थियो ।
उक्त अक्षयकोषबाट आउने ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई रु एक लाख राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’समेत प्रदान गरिने भएको छ । उक्त पुरस्कार नेपालको भाषा, साहित्य, कविता, काव्य, गीत, गीतिनाटक, महाकाव्य, निबन्ध, समालोचनालगायतको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ । उक्त टोलीले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष असोज ७ गते सो पुरस्कार वितरण गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण
-
नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
-
माओवादीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी दिनेसम्बन्धी प्रस्ताव पेस, निर्णय अर्को बैठकले गर्ने
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना