शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

रौतहटमा ग्याँस सिलिन्डर र हावा ट्यांकी पड्किँदा ५ जना घाइते

सोमबार, ०१ असोज २०८०, २२ : १६
सोमबार, ०१ असोज २०८०

रौतहट । रौतहटमा छुट्टाछुट्टै घटनामा परेर ५ जना घाइते भएका छन् ।  ग्याँस सिलिन्डर र हावा ट्यांकी पड्किँदा ५ जना घाईते भएका हुन् । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवी पर्सा टोलमा सोमवार दिउँसो ग्यास सिलिन्डर पड्किँदा  ३ जना घाइते भएका छन् ।

देवी पर्सा टोलका रामकृष्ण श्रीवास्तवको घरमा खाजा पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा उनका ८ वर्षीय छोरा हिमान्सु श्रीवास्तव, २६ वर्षीय खुश्वु श्रीवास्तव र एक नाबालक गरी ३ जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा घाइतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले बताए ।

त्यस्तै गरुडा नगरपालिकाको धर्मेन्द्र मोटरसाइकल वर्क सपमा हावा ट्यांकी विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । ट्यांकी विस्फोटबाट वर्क सप सञ्चालक स्थानीय  २२ वर्षीय धर्मेन्द्र साह र २३ वर्षीय विधिकुमार साह गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

गम्भीर घाइते दुवैजनालाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको डिएसपीओमप्रकाश खनालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप