प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
सोमबार, ०१ असोज २०८०, २१ : १५

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सोमबार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरि बहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्कालगायतको उपस्थिति थियो ।