राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु
काठमाडौँ । नेपाल राष्ट्रिय पुस्तकालयले विभिन्न प्रकाशनका पत्रिका र जर्नललाई अन्तर्राष्ट्रिय शृङ्खलाबद्ध मानक नम्बर (आइएसएसएन) अनलाइनबाटै प्रदान सुरु गरेको हो ।
पुस्तकालयले हालसम्म एक हजार पाँच सय ५१ पत्रिका र जर्नललाई उक्त नम्बर प्रदान गरिसकेको छ । अब भने उक्त नम्बर अनलाइनबाटै लिन सकिने भएको छ ।
नेपाल सरकार मातहतको सो पुस्तकालयले विसं २०६५ सालदेखि उक्त नम्बरको उपलब्ध गराउने सेवा दिन थालेको हो । उक्त नम्बर उपलब्ध गराउन यो आधिकारिक निकाय मानिन्छ । विगतमा ललितपुरको हरिहर भवन, पुल्चोकमा सञ्चालित सो पुस्तकालय २०७२ सालको भूकम्पयता भक्तपुरको सानोठिमीबाट सञ्चालित छ ।
सोह्रौं पुस्तकालय दिवसका अवसरमा आइतबार आयोजित पुस्तक तथा पत्रपत्रिकाको संरक्षण सम्बन्धी कार्यशालाका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो पुस्तकालयको अनलाइन आइएसएसएन सेवाको शुभारम्भ गर्दै भावी दिनमा यो सेवा अझ प्रभावकारी र गुणस्तरीय हुने अपेक्षा व्यक्त गरे । पुस्तकालय प्रमुख दशरथ मिश्रले सो सेवालाई थप प्रभावकारी बनाइने जनाए ।
सो अवसरमा मन्त्रालयका उपसचिव पिताम्बर भण्डारीले समग्र पुस्तकालय प्रणालीको सुसञ्चालनका लागि आवश्यक पर्ने एकीकृत कानुन तर्जुमा गर्न सहयोग गरिने बताए । केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवले केशर पुस्तकालयको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रूपान्तरणले महत्त्व पाउने छ : अध्यक्ष प्रचण्ड
-
बेरुजु फर्छ्यौट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
-
बागमती प्रदेश लिग : फाइनलमा काठमाडौँ र दोलखा भिड्ने
-
ट्रम्पको होटल अगाडि भएको विस्फोट न्यू ओर्लियन्सको आक्रमणसँग जोडिएको थियो ?
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य