नेप्से सूचक ४ अंकले बढेर १९ सय ६९ को बिन्दुमा

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्से सूचक ४.२६ अंकले बढेर १९ सय ६९.१८ को बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन नेप्से सूचक ४२ अंकमाथिले घटेको थियो । असोज महिनाको पहिलो दिन समेत रहेको आज नेप्से सूचकमा सामान्य वृद्धि भए पनि यता कारोबार भने घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज ४ अंकले नेप्से सूचक बढ्दै गर्दा यता जम्मा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज बैैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैजसो उपसूचक १ प्रतिशत कमले बढ्दै गर्दा बैंकिङ समूहको उपसूचक ०.४० प्रतिशतले घट्न पुगेको छ भने ट्रेडिङ समूहको उपसूचक १.६० प्रतिशतले बढेको छ ।
आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने शिवम् पावर लिमिटेड सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा