शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गयो : गृहमन्त्री श्रेष्ठ

सोमबार, ०१ असोज २०८०, १४ : ०३
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् । गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले देश युवाहरूको भएको बताए । 

‘नेपाल आजसम्म  स्वतन्त्र  देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ ,’ उनले भने ।  देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद  हुँदै गएको उनको भनाइ छ ।

सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले  चालिरहेको गृहमन्त्री श्रेष्ठले बताए । ‘मिटर ब्याज सम्बन्धी  कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा  लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ ।  भुटानी शरणार्थी,  ललिता निवास, सुन तस्करी प्रकरण  सबैलाई कारबाही  अगाडि बढेको छ,’ उनले भने ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने बताए । साथै उनले नेताहरूलाई खबरदारी गर्न युवाहरूलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले गोरखाको विकासका लागि साझेदारी गर्न आग्रह गरे । ‘गोरखालाई दुःख पिर पर्दा मेरो सहयोग रहन्छ  । गोरखाको विकासका लागि साझेदारी गरौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप