तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको छ : मुख्यमन्त्री चौधरी
![तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको छ : मुख्यमन्त्री चौधरी](https://rpcdn.ratopati.com/media/albums/Dilli-chaudhary1637594370_wVKjvr8I6O.jpg)
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परापूर्व कालदेखि मनाइँदै आएको तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको बताएका छन् ।
नेपाली हिन्दू महिलाको महत्वपूर्ण तथा महान पर्व तिजको अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले हरितालिकाको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सकियोस् भन्ने कामना गरेका छन् । उनले तिज पर्वमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनको पनि अन्त्य हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री चौधरीले यस पर्वले नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, पारिवारिक एकता, सदभाव र पारस्परिक सम्बन्ध कायम होस भन्दै यस्ता सांस्कृतिक पर्वहरूले सबै प्रदेशबासीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल
-
‘रोशीमा लेदो बग्छ, क्रसरमा रोक लगाउनुपर्छ’
-
चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने
-
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
-
प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितहरूको विषय प्राथमिकतामा
-
धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान