देशभरका स्वास्थ्य संस्था सञ्चालनमा

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वस्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् । सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सञ्चालनमा आएको हो ।
सहमति भएसँगै देशभरका स्वास्थ्य संस्था सञ्चालनमा आएको संघका महासचिव डा.सञ्जिव तिवारीले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार आइतबार देशभरका सरकारी र निजीसहित १० हजार १३९ स्वास्थ्य संस्थाबाट करिब ६० हजार बिरामीले स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका थिए ।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा बिरामीको उपचार गरिरहेको अवस्थामा डा.विकास थापा र डा प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए । सोही घटनालाई दिएर संघले आन्दोलन थालेको थियो ।
संघले ओपिडी सेवा बन्दको आह्वान गरेपछि हजारौं बिरामी उपचारबाट बञ्चित भएका थिए । डाक्टरमाथि आक्रमण गर्ने ४ जना पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।
आक्रमणमा संलग्नलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र अन्य संलग्न व्यक्तिलाई पक्राउ गर्ने लगायतका सहमति भएपछि ओपीडी सेवा सुरु भएको डा.तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने